फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाण्डु – कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

फ्रान्सेली राजदूतले मन्त्री त्रिपाठीलाई पाँच लाख चार हजार थान एफएफपिटू मास्क, २० हजार २२५ थान एन्टिजेनिक टेष्ट किट, १२ हजार थान सुरक्षा चस्मा र १४ वटा भेन्टिलेटर हस्तान्तरण गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महामारीविरुद्ध सघाउन नेपाल सरकारले गरेको अनुरोधअनुसार फ्रान्सले ती सामग्री उपलब्ध गराएको हो । समयमै चिकित्सा उपकरण एवं स्वास्थ्य सामग्री प्रदान गरेकामा सरकारले फ्रान्सेली जनता र सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement