फ्रान्स एक खेल अगावै नकआउट चरणमा, पेरु बाहिरियो


मस्को – रुसमा जारी विश्वकप फुटबल अन्तर्गत हिजो सांझ भएको खेलमा पूर्व विजेता फ्रान्स विजयी भएको छ । समूह ‘सी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा उसले पेरुलाई १-० गोलले हराउंदै विजयी भएको हो ।

पेरुलाई हराएसंगै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूहमा लगातार दोस्रो जित हात पारेको फ्रान्स अन्तिम खेलमा डेनमार्कसँग भिड्नुअघि नै अघिल्लो चरण पुग्ने निश्चित भएको छ। समूहमा फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ।

दुई खेलबाट चार अंक भएको डेनमार्क दोस्रो स्थानमा छ। दुई खेलपछि अस्ट्रेलियाको एक अंक छ भने पेरुले अंक जोड्न सकेको छैन। फ्रान्सको जितमा केलिन एमबाप्पेले निर्णायक गोल गरे। एमबाप्पेले ३४ औं मिनेटमा गोल गरेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement