फ्री भिसा फ्री टिकटमा पनि ९५ हजार असुल्ने प्रहरी फन्दामा


काठमाडौं– कतार जाने कामदारबाट बढी शुल्क लिँदै गरेका म्यानपावर कम्पनीका एक कर्मचारी पक्राउ परेका छन्।

वैदेशिक रोजगार विभागले वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राईलाई बिहीबार पक्राउ गरेको हो।
कतार जाने कामदारबाट ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा विभागको टोलीले उक्त ओमरसिज कार्यालयबाट कर्मचारीलाई रकम लिँदालिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ ।

निर्देशक थापाले ओभरसिजका सञ्चालक विदेशमा रहेकाले आएपछि अनुसन्धान गरिने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement