काठमाण्डुको १९ ठाउँमा अब निःशुल्क वाइफाइ

काठमाण्डुको १९ ठाउँमा अब निःशुल्क वाइफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुका विभिन्न १९ सार्वजनिक ठाउँमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत ठाउँमा निःशुल्क वाइफाइ सेवा सुरु भएको हो । ती स्थानमा ब्याण्डविथ १० एमबीपीएसबाट बढाएर १ सय ५० एमबीपीएस पु¥याएको छ ।

प्रत्येक डिभाइसका लागि ५ सय एमबी इन्टरनेट उपलब्ध हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

यस्तै नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत ठाउँमा नयाँ वाइफाइ जडान र क्षमता विस्तार भएको छ । नेपाल टेलिकम, वर्ल्ड लिङ्क र भायनेटले यसका लागि सहकार्य गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कार्यभार सम्हाले लगत्तै पहिलो निर्णय दुई महिनाभित्र काठमाण्डु उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पु¥उयाउने घोषणा गरेका थिए ।