स्वतन्त्र भएर काम गर्न पाएको छु :आइजीपी खनाल


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्रनाथ खनालले स्वतन्त्र भएर काम गर्न पाइरहेको बताएका छन्। शुक्रबार विभिन्न संचारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ’नेपाल प्रहरी प्रमुखको रूपमा मलाई गृहमन्त्री र सरकारको तर्फबाट कुनै पनि अवरोध भएको छैन। मैले स्वतन्त्र रूपमा आफ्नो काम गर्न पाइरहेको छु।’

खनालले आफ्नो अहिलेसम्मको कार्यप्रगति प्रस्तुत गर्नुका साथै आगामी दिनमा गर्ने कामको जानकारी गराएका थिए। अन्तरक्रियामा प्रहरीले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा पनि धारणा बुझेका थिए।  नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि ६ सय ९ कार्यकर्तालाई पक्राउ गरिएको जनाए ।

उनका अनुसार प्रतिबन्ध अघि समूहका एक हजार ३०५ जना पक्राउ परेका र तीमध्ये एक हजार ३१३ जनाविरुद्ध विभिन्न कसूरमा मुद्दा चलाइएको छ । महानिरिक्षक खनालले यो अवधिमा २५ वटा विष्फोटनका घटना भए पनि १ सय २४ बमलाई निष्कृय पार्न सुरक्षा संयन्त्र सफल भएको बताए ।

ती विष्फोटका घटनामा ७ जनाको मृत्यु भएको र ती मध्ये एक जना सर्वसाधारण छन् भने ६ जना विप्लव समूहकै कार्यकर्ता भएको जानकारी दिए । एक वर्षको अवधिमा देशभरका विभिन्न प्रहरी युनिटबाट ४३ हजार ४७ मुद्दा दर्ता भएकोमा ४० हजार ३ सय ७१ अभियुक्त पक्राउ गरिएको उनले जानकारी दिए । बहुचर्तित निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा कुनै जालझेल दवाव वा हेलचेक्र्याई केही नभएको बताउदै आफ्नो सेवाकालको यो चुनौति भएको बताउदै अनुसन्धान जारी रहेको पनि बताए । नेपाल प्रहरीका वर्तमान गतिविधि, कार्ययोजना लगायतका विषय अन्तरक्रियामा राखिएका थिए।

&nbs

प्रतिक्रिया दिनुहोस
Advertisement