काठमाण्डु- नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयबाट आएको निर्देशनपछि उनलाई प्रहरीले रिहा गरेको नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलले जानकारी दिएका छन्।
सुवेदीलाई शुक्रबार नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा आएका प्रहरीहरूले उनलाई पक्राउ गरेका थिए।
नेपाल प्रेसले प्रकाशित गरेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको राजीनामासम्बन्धी समाचारको स्रोतबारे सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको थियो।
पत्रकार पक्राउको घटनाप्रति विभिन्न राजनीतिक दल, पत्रकार संगठन तथा नागरिक अगुवाहरूले विरोध जनाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफ्नै सरकारसँग घटनाबारे जवाफ माग्दै समाचारकै विषयमा पत्रकारलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्ने बताएको थियो।


प्रतिक्रिया