फ्रेन्ड्सलाई पछि पार्दै मछिन्द्र विजयी


काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मच्छिन्द्र क्लब ३–०ले विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै मछिन्द्र ब्लब विजयी भएको हो ।

बुधबारको पहिलो खेलमा मच्छिन्द्रलाई जित दिलाउन दुई गोल विदेशी खेलाडीले र रेजिन सुब्बाले एक गोल गरे । यसअघि सम्पन्न दुई खेलमध्ये एकमा जित र एकमा बराबरी नतिजा निकालेको मच्छिन्द्रका लागि पिटर सेगुनले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । फ्रेन्ड्का डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सेगुनले जाली चुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement