सलाई नबल्दा आगजनी हुनबाट जोगियो फलफुल बोकेको भारतीय ट्रक


चितवन – चितवनमा तरकारी तथा फलफुल बोकेको भारतीय ट्रक आगजनी हुनबाट जोगिएको छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप बोकेको ट्रकमा बिहीबार बिहान आगजनीको प्रयास भएको हो ।

बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

स्कुटरमा आएका युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् भने पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

स्थानीयका अनुसार सलाइ ओसिएर नबलेपछि उनीहरु भागेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाको विषयमा अनुसन्धान भइररहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement