ज्यान मार्ने उद्योगमा गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई ७ दिन म्याद थप


काठमाडौं – गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई उच्च अदालत पाटनका इजलास अधिकृतको ज्यान मार्ने उद्देश्यले कुर्सी प्रहार गरेको घटनाको अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले उच्च अदालतको घटना प्रतिवेदन अनुसार नुरप्रसादलाई ज्यान मार्ने उद्दोगमा मुद्दा अघि बढाएको हो। उच्च अदालत पाटनका अधिकृत रोशन बस्नेतलाई हातपात तथा भौतिक संरचना तोडफोड गरेको अभियोगमा प्रहरीले आइतबार अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार नुरप्रसादले ललितपुरकी बिन्दु घतानीको घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए। ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए। तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश पोखरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन।

‘मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका थिए ।,उनले छलेपछि कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्,’ घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement