उपत्यकास्तरीय फुटसल च्याम्पियनशिप सुरु


काठमाण्डु- नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाण्डु उपत्यका स्तरिय भ्याली फुटसल च्याम्पियनसिप आयोजना आजबाट सुरु भएको छ। संगठनका अध्यक्ष क्षितिज थेबेले आजबाट उद्धाटन गरिएको फुटसल खेल प्रतियोगितामा बोल्दै थेबेले एमालेमा नबयुवाहरुको आकर्षण बढेको बताएका हुन् ।

नवयुवाहरुले आशा गरेको पार्टी एमालेको राष्ट्रियताको सवालमा,आम जनताको जनजिबीकाको सवालमा,कृषक र किसानको पक्षमा,महंगी र भष्ट्रचारको बिषयमा अनेकौ मुद्दामा जस्ले दिर्धकीलिन देशलाइ असर पार्ने निर्णय बिरुद्ध खबरदारी गर्ने,र हाम्रो संधले युवाहरुलाइ लक्षित गरि उधमशिलताको बिकास र यस्तै रचनात्मक कार्यहरु गर्ने भएको कारण पनि युवाहरुको क्रेज एमालेप्रति भएको बताए ।

आज १४गतेदेखि सुरु हुने प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट गोल रक्षकलाई समान १०-१० हजार दिइनेछ ।

प्रतियोगितामा काठमाण्डु,भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको विभिन्न फुटसल टिमलाई सहभागिता गराइनेछ ।

उपत्यकाका २१ वटै स्थानीय तहबाट आज १४ गतेदेखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ-आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोह बीच फाइनल खेल हुने युवा संघले जनाएको छ।

फुटसल आयोजना गर्नुको मुख्य उद्देश्य नेपालमा फुटसल खेलको व्यवसायिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्नु हो। साथै यस खेलका माध्यमबाट खेल र खेलाडीप्रति आम नागरिक, संघ-संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्दै सरकारलाई खेल र खेलाडीप्रति जवाफदेही बनाउनु प्रतियोगिताको आयोजकले उद्देश्य रहेके युवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement