जीएसी ग्रुपले उत्पादन गर्‍यो ३ करोड गाडी, विश्वव्यापी विस्तारमा नयाँ कीर्तिमान

जीएसी ग्रुपले उत्पादन गर्‍यो ३ करोड गाडी, विश्वव्यापी विस्तारमा नयाँ कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जीएसी ग्रुपले ३ करोड (३० मिलियन) सवारी साधन उत्पादनको ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले यस उपलब्धिलाई विश्वभरका ग्राहकहरूको विश्वास र गुणस्तरीय उत्पादनप्रतिको प्रतिबद्धताको परिणामका रूपमा लिएको जनाएको छ।

नेपालमा जीएसी ग्रुपको विद्युतीय सवारी ब्रान्ड आयोनको आधिकारिक बिक्रेता सिजी माेटर्स मार्फत ग्राहकहरूले अत्याधुनिक विद्युतीय सवारीको अनुभव प्राप्त गर्दै आएका छन्। कम्पनीका अनुसार पहिलो सवारी उत्पादनदेखि ३ करोडौँ सवारी साधन उत्पादनसम्मको यात्रामा जीएसी ग्रुपले विश्वभरका ग्राहकहरूको भरोसा जित्न सफल भएको छ।

कम्पनीका अनुसार आयोनले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र स्मार्ट ड्राइभिङ अनुभवमार्फत विद्युतीय मोबिलिटीको भविष्य निर्माण गर्दै विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई सम्बोधन गरिरहेको छ।

सन् २०२६ को पहिलो छ महिनामा जीएसीका आफ्नै ब्रान्डका सवारी साधनको निर्यात १ लाख २१ हजार ५०० युनिट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशतले बढी हो। कम्पनीले यसलाई आफ्ना उत्पादनप्रति विश्वव्यापी बजारमा बढ्दो विश्वास र स्वीकार्यताको संकेतका रूपमा व्याख्या गरेको छ।

हाल जीएसीले अमेरिका, एसिया–प्यासिफिक, मध्यपूर्व, अफ्रिका र युरोपलगायतका प्रमुख बजारमा आफ्नो उपस्थितिलाई विस्तार गरिरहेको जनाएको छ। कम्पनीको अन्तर्राष्ट्रिय व्यवसाय अहिले ११० देश तथा क्षेत्रमा फैलिएको छ, जहाँ ७४६ बिक्री तथा सेवा केन्द्र, ६ अन्तर्राष्ट्रिय उत्पादन केन्द्र र ९ वटा पार्ट्स गोदाम सञ्चालनमा रहेका छन्।

अनुसन्धान तथा विकास (R&D), उत्पादन, आपूर्ति, बिक्री तथा बिक्रीपछिको सेवासम्मको सुदृढ संरचनामार्फत आयोन ले विभिन्न देशका ग्राहकहरूको स्थानीय आवश्यकताअनुसार विद्युतीय सवारी समाधान उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।