बर्दिबासमा सरकारी गाडी जलाइयो, बीपी राजमार्ग अवरुद्ध

बर्दिबासमा सरकारी गाडी जलाइयो, बीपी राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरीको बर्दिबासमा अव्यवस्थित बस्ती खाली गराउन सूचना दिन प्रयोग गरिएको सरकारी गाडीमा स्थानीयले आगजनी गरेका छन् ।

सोमबार दिउँसो बर्दिबास नगरपालिका–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको प्रहरीसहितको वन कार्यालयको टोलीलाई मंगलबार बिहान २ बजेसम्म घेराबन्दीमा परेका स्थानीयले सोमबार राति नै डिभिजन वन कार्यालय महोत्तरीको गाडी जलाइएको हो ।

टोलीलाई घेराबन्दीमा पार्दै सवारीसाधन जलाएपछि राति नै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

स्थानीयले रुख ढालेर राजमार्ग नै अवरुद्ध गररेपछि छलफलका लागि पुगेको सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थानीयको नियन्त्रणमा रहेको सब डिभिजन वन कार्यालय गढन्ताका वन अधिकृत स्वेता झाको नेतृत्वमा गएको सात जना टोलीलाई उद्धार गरेको छ ।

राजाबास, कालापनी, वरडाडासही महोत्तरीमा १ हजार १ सय हेक्टर वनको जग्गा अतिक्रम गरि घर, टहरा र खेतीपाती गरिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले जानकारी दिए ।

मंगलबार पनि बिहानैदेखि स्थानीयहरुले रुख ढालेर बीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।