अवरोधकाबीच बञ्चरेडाँडामा २८४ गाडीबाट फोहोर विसर्जन


काठमाण्डु –  स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ ।

काठमाण्डुबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाण्डु महानगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement