गुडिरहेको गाडीमाथि पहिरो खस्दा सवार दुईको मृत्यु, सात घाइते


रसुवा– गल्छी-रसुवागढी सडकमा शनिबार गुडिरहेको गाडीमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा दुई जनाको मृत्यु भएको हो । घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

चालकलाई भने केही भएको छैन। रसुवागढीबाट काठमाडौँ जान लागेको ना १ ज ७८२४ नम्बरको टाटासुमोको पछाडीको भागमा पहिरो झरे पछि दुई जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए । गाडीमा १० जना यात्रु रहेका थिए। थप विवरण आउन बाँकी छ। घाइतेको उपचारको लागि टिमुरे स्वास्थ्य चौकी लगिएको छ। शनिबार साँझ ५ बजे पहिरो गएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement