काठमाण्डु– आत्मदाह गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको सन्तानको शिक्षाको जिम्मा नेपाली कांग्रेसका सभापति गगन थापाले लिने भएका छन् ।
मंगलबार निधन भएका मण्डललाई श्रद्धाञ्जली अर्पण गर्दै थापाले उनका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।
थापाले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै लेखेका छन् ‘यस शोकपूर्ण घडीमा स्वर्गीय विवेक मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस अपूरणीय क्षतिको पीडा सहन परिवारजनलाई धैर्य र शक्ति प्राप्त होस्।’
थापाले अगाडि लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’




प्रतिक्रिया