कांग्रेसको अठोट : कसैसँग चुनावी तालमेल नगर्ने, सबै चुनावमा रुख चिह्नमा भोट माग्ने

कांग्रेसको अठोट : कसैसँग चुनावी तालमेल नगर्ने, सबै चुनावमा रुख चिह्नमा भोट माग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदनमा चुनावी तालमेललाई अस्वीकार गर्दै सबै चुनावमा रुख चिह्न लिएर जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिवेदनमा कांग्रेसले जुनसुकै चुनाव पार्टीकै सामर्थ्यले एकल रूपमा लड्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा निर्वाचनको बेला कुनै पनि पार्टीसँग सहकार्य र गठबन्धन नगर्ने उल्लेख छ । आफ्नै रुख चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै एजेन्डासहित जनतामाझ जाने तथा उम्मेदवार छनोटमा गुट, पहुँच र संरक्षणभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।

उम्मेदवार छनोटमा प्राइमरी निर्वाचन, सार्वजनिक मत सर्वेक्षण र सदस्यको प्रत्यक्ष मतलाई महत्व दिने प्रतिबद्धता समेत गरिएको छ ।

प्रतिवेदनमा फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले भोग्नुपरेको पराजयलाई २ दशकदेखि कांग्रेसले गरेको राजनीतिक यात्रा र जनतालाई गरेको इन्कारको परिणामका रूपमा हेरिएको छ ।