लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ : महामन्त्री थापा


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् ।

बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताएका हुन् ।

“प्रेसलाई सङ्कुचन पारेर सङ्घीयतालाई समाप्त पार्ने खेल भइरहेको छ”, महामन्त्री थापाले भने, “सबैले सजग र सचेत भई सङ्घीयताको रक्षा गर्ने बेला आएको छ ।” कांग्रेसलाई कमजोर पार्नका निमित्त र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउन तथा विधिको शासन सही दिशामा डो¥याउनका लागि पनि एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने महामन्त्री थापाको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement