गठबन्धन बिस्तारै ४–५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गयो : गगन थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारुढ गठबन्धन ४–५ जना नेताहरूको क्लब जस्तो भएको गुनासो गरेका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले आफू कांग्रेस महामन्त्री भए पनि गठबन्धनबारे केही थाहा नपाउने खुलासा गरे ।

उनले भने, ‘गठबन्धन पनि बिस्तारै कस्तो बन्दै गएको छ भने ४–५ जना नेताहरूको प्राइभेट क्लब जस्तो छ । म कांग्रेसको महामन्त्री छु । बेला–बेला म के सुन्छु भने गठबन्धन दलको बैठक बस्यो भनेर तर त्यो दलको बैठक होइन, त्यो गठबन्धन दलका नेताहरूको बैठक हो ।’

यसअघि पनि महामन्त्री थापाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement