नेपाली कांग्रेसले बालुवाटारतिर फर्केर पनि हेर्नु हुदैँनः गगन थापा


काडमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले बालुवाटारतिर फर्केर पनि नहेर्नुपर्ने बताएका छन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गतको कार्यक्रममा बोल्दै थापाले अबको निर्वाचनअघि नेपाली कांग्रेसले बालुवाटारतिर फर्केर पनि नहेर्नुपर्ने बताएका हुन् । ‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटारतिर पनि फर्केर नहेरौँ’ उनले भने ।

थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने बताए । ‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन । अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement