काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसबाट अब बन्ने गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयां सरकारमा कांग्रेसबाट थापाले नेतृत्व गर्ने लगभग टुंगो लागेको हो ।
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासंगको छलफलपछि थापाले सरकारमा जाने निर्णय लिएको स्रोतले बतायो । थापाको सोमबार एमाले अध्यक्ष ओलीसंगसमेत छलफल भएको थियो ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा थापा स्वास्थ्य वा उर्जामध्ये एक मन्त्रालय लिएर सरकारमा जाने निश्चित भएको उनी निकट स्रोतले बतायो । उनि यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट आरजु देउवा राणा परराष्ट्रमन्त्री बन्ने भएकी छन् ।
ओलीले सरकारमा प्रभावशाली र क्षमता भएका नेताहरुलाई सामेल गर्न चाहेका छन् । उनले सरकारलाई प्रभावकारी बनाउन काम गर्न सक्ने नेताहरुलाई मन्त्री बनाउन चाहेको उनी निकट स्रोतले बतायो ।
सरकारमा जान बासवारी छाला जुत्ता प्रकरणमा मुद्दा चलिररहेका सांसद विनोद चौधरीसमेत दौडमा छन् । उनीमाथिको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिले पनि अनुसन्धान गरिरहेको छ । तर,मुद्दाको टुंगो नलाग्दै चौधरी मन्त्री बन्ने भने दौडमा छन् । चौधरीले शहरी वा उद्योगमा जान रुची देखाएको स्रोतले दाबी गरेको छ ।
कांग्रेसभित्र देउवा र चौधरी दुवैलाई सरकारमा पठाउँदा सरकारमाथि चौतर्फि आक्रमण हुने भन्दै त्यसो नगर्न पार्टी नेतृत्वलाई दबाब छ । सिआईबीले अनुसन्धान सुरु गरेदेखि चौधरी केही समय भारतमा गएर बसेका थिए । तर, पछिल्लो समय चौधरीले आफ्नो निजी निवासमा नेता,उच्च्पदस्थ कर्मचारी र चिनियांदेखि श्रीलंकन दूतावासका प्रनिधितिहरुसंगको भेटघाटलाई तिव्रता दिइरहेका छन् ।
प्रतिक्रिया