काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन् ।
राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अन्नदाता किसानप्रति धन्यवाद दिएका छन् ।
शुभकामना सन्देशमा भनिएको छ ‘असार १५ केवल धान रोपाइँको दिन मात्र होइन, यो नेपाली किसानको श्रम, संघर्ष, आशा र आत्मनिर्भरताको उत्सव पनि हो । देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि हो ।’




प्रतिक्रिया