गणेश नेपालीको मृत्यु सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण : गगन थापा

गणेश नेपालीको मृत्यु सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले मुगुका गणेश नेपालीको आत्मदाहको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले नेपालीको मृत्यु भएको घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको उल्लेख गरेका छन्।

‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो,’ उनले लेखेका छन् ।

थापाले यस्तो कठिन घडीमा नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको दुःखमा कसरी मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्न पनि आह्वान गरेका छन्।

विगत र वर्तमानमा कसको दोष थियो भनेर बहस गर्नुभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा थापाले जोड दिएका छन्। ‘अब हामीले आफैँसँग केही कठिन प्रश्नहरू सोध्नैपर्ने बेला आएको छ’, थापाले भनेका छन् ।