काठमाण्डु– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई सभापति भन्न नसकिने बताएका छन् ।
शुक्रबार काठमाण्डुमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले गगन थापालाई सभापति भन्न मन नलागेको बताएका हुन् ।
विशेष महाधिवेशनलाई मान्यता दिन नसकिने भन्दै सिटौलाले भने, ‘गगन भाइलाई सभापति भन्न पटक्कै मन लागेको छैन।’
उनले अवैधानिक ढंगले विशेष महाधिवेशन गरेर थापा सभापति बनेको भन्दै गल्ती सच्याउन गगनलाई आग्रह गरे । उनले भने ‘मानिसबाट गल्ती हुन्छ। आत्मसाथ गर्नुपर्छ, सचुयाउन सक्नुपर्छ। गल्ती सच्याउने अवसर छ। गल्ती सच्याउनुस्, ‘तपाईले आँट गर्ने हो, सर्वोच्च अदालतले खोलेको ढोकामा के गर्नुपर्छ, गर्नुस्।’
निर्वाचन आयोगले गलत गरे पनि अब सर्वोच्च अदालतबाट न्याय पाइने उनको भनाइ थियो।




प्रतिक्रिया