राष्ट्रपतिलाई गगनले भनेः सम्झाइरहनु नपर्ला !


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति व्यक्ति नभइ संस्था रहेको भन्दै स्मरण गराएका छन् ।

बिहीबार साँझ ट्वीटरमा सांसद थापाले राष्ट्रपति पार्टीको विवादमा संलग्न हुनु संविधान विपरित रहेको बताएका छन् ।

‘पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु÷गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो, संविधान र संस्थाको मर्यादाको खिलाफमा हो, गणतन्त्रकै अवमूल्यन हो’, उनले भनेका छन्, ‘राष्ट्रपतिज्यू, राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला !’

प्रतिक्रिया दिनुहोस
Advertisement