पार्टी सभापति र संसदीय दलको नेता एकै व्यक्ति हुनुहुन्न : गगन थापा


चितवन – नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त समयकाे नभएकाे बताएका छन् । चितवनका पत्रकारसँग कुराकानी गर्दै थापाले  दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसदमा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने  बताएका हुन् ।

थापाले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement