सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३६५०.१४ रुपैयाँ निर्धारण

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३६५०.१४ रुपैयाँ निर्धारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले गहुँको समर्थन मूल्य तोकेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३६५०.१४ रुपैयाँ निर्धारण गरेको छ ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना सहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी संख्या ६८ वटा कम हुने जनाइएको छ ।