तस्विरमा गाईपूजा

तस्विरमा गाईपूजा

राष्ट्रपति पौडेलले गरे गाईपूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-यम पञ्चक अर्थात् तिहारको चौथो दिन शनिवार गाईको पूजा गरिँदैछ । गाईलाई पूजा गरी मीठो खानेकुरा खान दिइन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गर्ने प्रचलन रहिआएको छ । हिन्दू धर्मावलम्बीहरू गाईलाई आमाको रूपमा पुज्दछन् । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई आमा सरह सम्मान गरिएको हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका ८ मा रहेको असाहाय गाईबाच्छा संरक्षण स्थलमा पनि सामुहिक गाईपूजा गरिएको छ । यहाँ सडकमा अलपत्र परेका गाईबाच्छालाई संरक्षण दिँदै आइएको छ । अहिले यस स्थलमा करिब ६० वटा गाईबाच्छा संरक्षित छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलका साथ शनिबार गाईपूजा गरेका छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिए ।