करीब १३८ किलो गाँजा बरामद


काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट करीब १३८ किलो गाँजा बरामद गरेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा मौहुवा नहरबाट अवैध लागूऔषध गाँजा करीब १२० किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले ३ वटा बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा गाँजा फेला पारी बरामद गरिएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–११ श्यामपुरस्थित परालको टालबाट अवैध लागूऔषध गाँजा करीब १८ किलो सोमबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा २ वटा प्लास्टिकको बोरामा रहेको गाँजा फेला पारी बरामद गरेको छ ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement