करीब १० किलो गाँजा बरामद


बारा – सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट अवैध लागूऔषध गाँजा करीब १० किलो बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी अमृतगञ्ज खजानीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ साइकलमा लैजाँदै गरेको बोरा छोडी मानिस फरार भएपश्चात् बोरा तलासी गर्ने क्रममा गाँजा फेला पारी प्रहरीले बरामद गरेको छ ।

हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै गाँजा सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement