पर्सा– पव्रहरीले पर्साको पटेर्वा गाउँपालिका–३, सोनवर्षाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
गाँजा बोकेर हिँडिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरी छन् ।
लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले सोमबार राति शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई प्रहरीले रोकेर खानतलासी गर्दा बोराभित्र गाँजा फेला परेको थियो ।
प्रहरीले बरामद गाँजाको तौल १०५ किलो रहेको जनाएको छ ।
यसअघि सोमबार मात्र पर्साबाटै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक भारतीय र तीन नेपाली नागरिकलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया