६ क्विन्टल गाँजासहित २ भारतीय नागरिक पक्राउ

६ क्विन्टल गाँजासहित २ भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी– भारततर्फ गाँजा तस्करी गर्ने २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।