सत्तारुढ सांसदको प्रस्तावः प्रहरीले मात्र पुगेन कार्यकर्ता परिचालन गरौं !


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गजेन्द्र बहादुर महतले जुम्लामा कोरोना भाइरसका संक्रमित बढेकोले हिजोको व्यवस्थापनले धान्न नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले जिल्लामा सुरक्षाकर्मीलगायतको व्यवस्थापनले नधान्ने भएकाले कार्यकर्ता परिचालन गर्नुपर्ने बताएका छन् ।

‘अब पार्टीका कार्यकर्ताहरुलाई जिम्मा दिनुपर्छ र उहाँहरुलाई परिचालन गर्नुपर्छ । स्वास्थ्यका हिसाबले कुनै कमी भएको छैन्’, उनले भने ।

त्यस्तै उनले बाँके दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement