गायक शम्भु राई र प्रकाश सपुतबीच चर्केकोे ‘गलबन्दी’ विवाद सल्टियो


काठमाडौं – गायक प्रकाश सपुतको चर्चित लोकगीत ’गलबन्दी’ को विषयलाई लिएर पुराना लोक गायक शम्भु राई र प्रकाश सपूतबीच भैरहेको विवाद सल्टिएको छ ।

गायक राईले आफ्नो ’आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको लय प्रकाश सपूतले ‘गलबन्दी’ गीतमा हुबहु नक्कल गरेको भन्दै नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा मुद्दा हालेका थिए ।

बुधबार शम्भु राई र प्रकाश सपूतबीच सहमति भएको छ । सहमति अनुसार प्रकाश सपूतको ’गलबन्दी’ गीतको वितरण र यूट्युब च्यानलमा गीत संगीत सिर्जना शम्भु राई र पुनः गीत संगीत सिर्जना प्रकाश सपूत लेखिनेछ ।

तर गलबन्दी गीतको संगीत सिर्जनामा शम्भु राईको नाम लेखिए पनि त्यसको सबै अधिकार प्रकाश सपूतमा रहने र आर्थिक आम्दानी पनि उनकै रहने सहमति भएको छ ।

त्यस्तै शम्भु राईले नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयमा हालेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement