विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरी ले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक भारत पञ्जावका अमितकुमार र भारत हरियाणाका राहुल कुमारसहित मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे रहेका छन् ।

उनीहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाइदिने भन्दै पीडितबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्म उठाएर सम्पर्कविहीन भएको आरोप छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ र अन्य पाँच जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।