इमर्जिङ एसिया कप : आज नेपाल र भारतसँग भिड्दै


काठमाण्डु- श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज नेपालले भारतको ‘ए’ टिमसँग खेल्ने भएकाे छ। नेपाल र भारत ‘ए’बीचको खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो भने भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement