नेपालले भारतसँगकाे खेलमा पहिला ब्याटिङ गर्दै, कसले मार्ला बाजी ?


काठमाण्डु- एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ सँगकाे खेलमा टस जितेकाे छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

प्रतियाेगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ ।

त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement