फाइनल पुग्न घरेलु टोली अष्ट्रेलिया र इंग्ल्यान्डको प्रतिस्पर्धा


एजेन्सी – फिफा महिला विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा हुने खेलमा घरेलु टोली पहिलो पटक यो स्तरमा खेलिरहेको हुनेछ । पछिल्लो तीन संस्करण क्वाटरफाइनलमा रोकिएको अष्ट्रेलियाले सडन डेथमा फ्रान्समाथि यादगार जित दर्ता गर्दै अन्तिम चरम प्रवेश गरेको थियो ।

आयोजक राष्ट्र सेमिफाइनलमा पुगेको यो तेस्रो अवसर र अष्ट्रेलिया दोस्रो राष्ट्र हो । यसअघि अमेरिकाले सन् १९९९ मा उपाधि जित्दा र २००३ मा तेस्रो हुँदा यो उपलब्धि हासिल गरेको थियो ।

इंग्ल्यान्ड भने लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा बाँकी एकमात्र महिला प्रशिक्षक सरिना विग्मनसामु अघिल्लो वर्ष युरो जितेको सफलतालाई थप बलियो बनाउने अवसर छ । आजको खेलको विजेताले विश्वकपका लागि फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले मंगलबार भएको सेमिफाइनलमा स्वीडेनलाई २-१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement