परशुरामको सालघाडीमा युवाहरुको अघुवाइमा भलिबल कोर्ट निर्माण


काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिका वडा न. १० मा युवाहरुले भलिबल कोर्टको निर्माण गरेका छन् । परशुराम नगरपालिका वडा न. १० को सालघाडीमा युवाहरुले भलिबल कोर्टको निर्माण गरेका हुन् । भलिबल प्रतियोगिताको लागि एउटासमेत खेल मैदान नभएपछि स्थानीय ध्वज कुवर र भीम बिष्टको पहलमा भलिबल कोर्ट निर्माण गरिएको हो ।

पछिल्लो समय गाउँ घरमा भलिबल खेल्नका लागि र प्रतियोगिता गर्नको लागि खेल मैदान नभएकाले भलिबल कोर्ट निर्माण गरिएको स्थानीय कुवरले बताए । उनले वडा सरकारले खेलकुदका लागि कुनै सहयोग नगरेको पनि गुनासो गरे ।

‘२०७४ को चुनावमा जितेका वडाअध्यक्षले पनि हामी बनाउँछौँ-बनाउछौँ भन्नु भयो । तर, पाँच वर्ष सकिएर अर्का वडाअध्यक्ष पनि आएको एक वर्ष भन्दा बढी भइसक्यो एक खेल मैदान पनि बनेको छैन । त्यसकारण हामी अब आफै खेल मैदान निर्माणमा लागिरहेका छौँ ।’, ध्वज कुवरले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement