आज नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै


काठमाण्डु- नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुने भएको हो । शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।

पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो । फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement