श्रीलंकालाई पाकिस्तानले दियो २५३ रनको लक्ष्य, को पुग्ला फाइनलमा ?


काठमाण्ड-  एसिया कप क्रिकेटमा फाइनलमा स्थान बनाउँन श्रीलंकाले २ सय ५३ रनको लक्ष्य पाएको छ । वर्षाका कारण खेल ४२ ओभरमा छोट्याईएको हो ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनायो ।

पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ खेले । मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ८६ रन बनाए ।

शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए ।

एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १ १ खेलमा जित दर्ता गरेका छन् । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए । भने, दुवै टोली भारतसँग पराजित भएका थिए । यस खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement