एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्थान


काठमाण्डु- एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।

चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्ने भएको हो । रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन् ।

१९औं एसियाडमा महिला फुटबल प्रतियोगिता भने २१ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ । जापान विश्वकप विजेता समेत हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement