क्वाटरफाइनलमा नेपाल र भारतबीच भिडन्त हुदैँ, को पुग्ला सेमिफाइनलमा ?


काठमाण्डु- चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी २० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ। आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । यी दुई टिम मध्ये जित्ने टिम सेमिफाइनलमा जानेछ ।

नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ। नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मंगलबार खेल्नेछ । बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै बुधबार मलेसियाले क्वाटरफाइनलमा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement