नेपाली क्रिकेट टीम स्वदेश फर्कियो


काठमाण्डु- नेपाली पुरुष क्रिकेट टोली आज स्वदेश फर्किएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाली पुरुष क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो । त्यसपछि एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएसँगै आज नेपाली क्रिकेट टोली काठमाण्डु आइपुगेको छ ।

क्वार्टरफाइनलमा भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement