भारतविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने


काठमाण्डु – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा आज घरेलु टोली भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

अरुण जेट्ली स्टेडियम दिल्लीमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement