यी हुन् विश्वकपमा कोहली र शमीसँगै चम्किरहेका १० खेलाडी


काठमाण्डु- विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । यस खेलमा भारतीय ब्याटिङका ​​क्रममा कोहलीले पहिलो पटक एकदिवसीय खेलमा सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेर आफ्नो क्षमता देखाएका थिए ।

तर, केही समयपछि श्रेयस अय्यरले लगातार दोस्रो खेलमा शतक बनाएर फ्यानलाई खुसी हुने अर्को कारण दिए । बलिङका क्रममा मोहम्मद शामीले सात विकेट लिएर न्युजिल्याण्डको फाइनल पुग्ने सपना तोडेका थिए ।

भारत यस विश्वकपमा अहिलेसम्म भएका सबै १० खेल जित्न सफल भएको छ । तर, यो एक-दुई खेलाडीले मात्र होइन, सम्पूर्ण टोलीको उत्कृष्ट प्रदर्शनका कारण भइरहेको हो ।

लगभग सम्पूर्ण टिमको सामूहिक योगदानको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । टोलीका ११ मध्ये १० खेलाडीको कीर्तिमान उत्कृष्ट देखिन्छ । यो विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा भारतका ५ खेलाडी रहेका छन् । जसमा विराट कोहली ७११ रनको अग्रतामा छन् । बलरको सूचीमा भारतका सबै पाँच बलर देखिन्छन् । यहाँ पनि मोहम्मद १० टोलीमध्येका सबैभन्दा सफल बलर हुन्।

यी हुन् विश्वकपमा कोहली र शमीसँगै चम्किरहेका १० खेलाडी

 

प्रतिक्रिया दिनुहोस
Advertisement