हङकङसँग नेपाली महिला टाेली ९ विकेटले पराजित


काठमाण्डु- हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । नेपाली टोली बिहीबार आयोजक हङ्कङसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएकाे हाे ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले १८ ओभरमा अलआउट हुनुअघि ५६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली हङ्कङले भने नौ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

हङ्कङको जितमा ओपनर नताशा माइल्सले अविजित ३० रनको योगदान गरिन् । उनले २३ बलमा चार चौका पनि हिर्काएकी थिइन् । अर्की ओपनर मार्को हिल पाँच रनमा आउट भइन् । उनी रन आउट भई पेभेलियन फर्किएकी थिइन् । नेपालले आफ्नो तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement