विश्वकप फाइनलः अष्ट्रेलियाले पहिला बलिङ गर्ने


काठमाण्डु- अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतविरुद्ध टस जितेको छ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

दुबै टोलीले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलको टोलीलाई निरन्तरता दिएका छन् । अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक विश्वकप उपाधी जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement