विश्वकप छनोट: नेपाल यमनसँग पराजित


काठमाण्डु- घरेलु टोली नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो । यमनका लागि ओमार अल दाही र मोहम्मद अल्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरेका थिए ।

नेपालले पहिलो खेल चोटका कारण गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनलाई सुरुवात बाटै मैदानमा उतारेको थियो । खेलको सुरुवाती मौका पनि नेपालले नै पाएको थियो ।

खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस
Advertisement