नेदरल्यान्ड्सलाई ठुलो झट्का: पहिलो ओभरमै करन केसीले २ ओपनर आउट गरे


काठमाण्डु- त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्स पहिलो ओभरमै दुई विकेट गुमाएको छ ।

टियु क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ उत्रिएको नेदरल्यान्ड्सले पहिलो ओभरमा ४ रन बनाउँदै दुई विकेट गुमाएका हुन् । नेपालका बलर करन केसीले दुई विकेट लिन सफल भए ।

पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराए । चौथो बलमा मिकेललाई आउट गरेका करणले अन्तिम बलमा साइब्राण्ड इंगेलब्रेक्टलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement