प्रधानसेनापति ओपन म्याराथन र रन फर फन–२०८० को उपाधि पर्वतका मगरलाई


काठमाण्डु – महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शनिबार नवौं संस्करणको प्रधानसेनापति ओपन म्याराथन र रन फर फन–२०८० कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला/पुरुष), १० किलोमिटर म्याराथन (छात्र तथा छात्रा), ५ किलोमिटर दौड (छात्र तथा छात्रा) र ५ किलोमिटर वाकाथन विधाहरू समावेश थियो ।

४२.१९५ किलोमिटर म्याराथन दौडतर्फ पर्वतका अनिश थापामगरले उपाधि हात पारेका छन् ।

विभिन्न विधामा विजयी धावकहरूलाई प्रधानसेनापति प्रभुराम शर्मा, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रक्षा सचिव किरणराज शर्मा, नेपाल एथलेटीक्स संघका अध्यक्ष राजीवविक्रम शाह, महारथी राजेन्द्र क्षत्री (अ.प्रा.), महारथी, बलाधिकृत रथी अशोकराज सिग्देल, काठमाडौं महानगरपालिकाका सहायक निर्देशक अनिता श्रेष्ठ र एमएडब्ल्यू राइड्स् प्रालिका महाप्रबन्धक दिपक रौनियारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पूर्व प्रधानसेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, लगायत विभिन्न सरकारी निकायका पदाधिकारी, सैनिक सहचारीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा सैनिक व्याण्डबाट सांगीतिक प्रस्तुति गरिएको थियो ।

यी हुन् विजेताहरू –

प्रतिक्रिया दिनुहोस
Advertisement